काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जापानमा संक्रमितको संख्या १२ हजार ३ सय ६८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र जापानमा कोरोना ४ सय १८ जना नयाँ संक्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ ।
यो सगै जापानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ३ सय २८ जना पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ हजार ४ सय ९४ जना उपचारपछि निको भएका छन् भने १० हजार ५ सय ४६ उपचारत छन् ।
तपाईंको प्रतिकृया




