लकडाउनमा काठमाडौं : कतै सुनसान, कतै चलहपहल [भिडियोसहित]

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथामका लागि सरकारले लागु गरेको लकडाउन जारी रहँदा काठमाडौंका अधिकांश सडकहरु सुनसान छन् र मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ ।

त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको हो । तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किने गरेका छन् ।

काठमाडौंका शहिदगेट, न्यूरोड, थापाथली, सिनांमगल लगायतका स्थानमा भने मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ । लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ ।

सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । यस्तै लाजिम्पाटमा बिहान चहलपहल देखियो, सवारी साधन पनि चलेका देखिन्थ्ये ।
हेर्नुहोस् भिडियो…

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री