कुवेतमा थप पाँच नेपालीमा कोरोना, खाडीमा कति नेपाली संक्रमित ?

काठमाडौं । घर परिवारको सुखद भविष्यका लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका धेरै नेपाली अहिले कोरोना संक्रमित बन्दैछन् भने धेरै जोखिममा छन् ।

कुवेतमा बुधबार थप पाँच जना नेपालीमा कोरोना संक्रमण देखिएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले जानाकारी दिएकी छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

सबै संक्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासको भनाई छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।

बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

यूएईमा एक नेपाली महिलामा मृत्युको चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप