आँखामा टाटु खोपाउँदा आँखै फालियो

एजेन्सी।  क्यानडाको ओट्टावाकी एक मोडलले आँखामा टाटु खोपाएर चर्चित बन्ने प्रयास गरिन् जसका कारण आँखै फाल्नुपर्ने अवस्था आएको छ । क्याट ग्यालिंगर नामकी यी मोडलले आँखाको नानीबाहिरको भाग स्क्लेरामा टाटु खोपाउँदा यस्तो अवस्था आएको हो । स्क्लेरा टाटु भन्नाले आँखाको नानीबाहेकको सेतो भागमा रंग खोपाउने भन्ने बुझिन्छ ।

क्याटको आँखामा टाटु खोपाउने क्रममा तरिका गलत हुँदा यस्तो भयावह स्थिति आएको हो । टाटु खोपाएपछि उनको दृष्टि नै धमिलो र नदेखिने भएको छ । उनको आँखाबाट प्याजी मसी चुहिएको छ भने स्थायीरुपले नै दृष्टि गुम्न पुगेको छ । उनले आफ्नो फेसबुकमा तस्बिरहरू समेत पोष्ट गरेकी छिन् । टाटुले आँखाको दृष्टि नै बर्बाद पारेका कारण अब उनी आँखा नै फाल्न लागिपरेको बुझिएको छ । सोही कारण उनको मानसिक स्वास्थ्य समेत खलबलिन पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds