मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार एक समारोहमा दस्तखत गरे ।

उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा उनीहरुले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबाट प्रभावित भई यस विकास बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेकोले उनीहरुलाई चयन गरेको बताए ।

सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले मन्तव्य राख्दै बैंकसँगको सहकार्यतामा निकै नै गर्व महशुस भएको बताए ।

मुक्तिनाथ विकास बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएको बताए ।

आगामी दिनहरुमा मुक्तिनाथ विकास बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नु पर्नेमा जोड दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds