काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं । स्थानीय तथा पश्विमी वायुको प्रभावले देशभरको मौसम बदली हुँदा केहि स्थानमा वर्षा भइरहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

सोमबार साँझदेखि फाटफुट वर्षा सुरु भएकामा त्यसले आज पनि निरन्तरता पाएको छ । आज दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । प्रिमनसुन चलिरहेकाले बुधबार र बिहीबार पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

यस्तो छ दुई दिनको पूर्वानुमान :-  

बैशाख ९ गते (मंगलबार)

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १० गते (बुधबार)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस