रोकिएन कोरोना कहर : विश्वभर साढे २४ लाख संक्रमित, १ लाख ७० हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ७० हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ७० हजारको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २४ लाख ८१ हजारभन्दा बढी पुग्दा ६ लाख ४६ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन सोमबार १ हजार ९०८ को मृत्यु भएसँगै मृतकको संख्या ४२ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा अहिलेसम्म एक लाख २४ हजार ७४३ कुल संक्रमित भएका छन् भने १६ हजार ५०९ जनाको मृत्यु भएको छ । बेल्जियममा ३९ हजार ९८३ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ८२८ जनाको मृत्यु भएको छ । यसैबीच ८ हजार ८९५ निको भएर फर्किएका छन् ।

इरानमा ८३ हजार ५०५ कुल संक्रमित भएका छन् भने ५ हजार २०९ जनाको मृत्यु भएको छ । यसैबीच ५९ हजार २७३ निको भएर फर्किएका छन् ।  जर्मनीमा एक लाख ४७ हजार ६५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६२ जनाको मृत्यु भएको छ । यसैबीच ९१ हजार ५ सय निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ७४७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८४ निको भएर फर्किएका छन् ।  नेदरल्याण्डसमा अहिलेसम्म ३३ हजार ४०५ जना संक्रमित भएका छन् भने ३ हजार ७५१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४० हजार ७४३ जना संक्रमित भएका छन् भने २ हजार ५८७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म २२ हजार १३० जना ठिक भएका छन् ।  टर्कीमा ९० हजार ९८० जना संक्रमित भएका छन् भने २ हजार १४० जनाको मृत्यु भएको छ । त्यस्तै १३ हजार ४३० जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ३६ हजार ८२९ जना संक्रमित भएका छन् भने एक हजार ६९० जनाको मृत्यु भएको छ । त्यस्तै १२ हजार ५८६ जना ठिक भएका छन् । स्विडेनमा १४ हजार ७७७ जना संक्रमित भएका छन् भने एक हजार ५८० जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds