मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा

काठमाडौं। मुक्तिनाथ विकास बैंक लि.ले  काठमाडौँको चावहिलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले  गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर थापाले मुक्तिनाथ विकास बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताएका छन् ।

समुद्घाटन समारोहका अध्यक्ष तथा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने र बैंकको स्थापना कालदेखि हालसम्ममा बृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवा प्रति ग्राहकहरु सन्तुष्ट हुनु भएको भन्ने मान्न सकिने बताउँदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरे ।

मुक्तिनाथ विकास बैंकको हाल ७४ वटा शाखाहरु संचालनमा छन् भने काठमाण्डौ उपत्यकामा महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आईसकेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस