सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि

काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गत चैतमा लन्डनबाट आएका तीन जनामा आरडीटी परीक्षणमा कोरोनाको एन्टीबडी देखिएपछि सोमबार पाटन अस्पताल लगिएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

आज आएको रिपोर्टमा दुई जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार, एक जनाको रिपोर्ट आउन बाँकी छ ।  सनसिटीमा बस्ने तीन जना चैत ५ गते लन्डनबाट आएका थिए । उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यसलगत्तै लकडाउन भएपनि यताउता नगएको उनीहरुले बताएका छन् ।

सोमबार मनोहरा नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न सुरु गरेको थियो । जसमा उनीहरु पनि परीक्षण गर्न आएका थिए । परीक्षणका क्रममा उनीहरुमा कोरोनाको एन्टीबडी देखिएको थियो । त्यसपछि सोमबार साँझ नै तीनै जना आमा, छोरा र बुहारीलाई पाटन अस्पताल लगिएको थियो ।

त्यहाँ पनि संक्रमण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो । आज प्रयोगशालामा परीक्षणमा दुई जनामा कोरोना देखिएको हो । एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सनसिटी अपार्टमेन्टमा करिब पाँच सय जना बस्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस