भारतमा बैशाख २१ गतेसम्म लकडाउन

काठमाडौं । कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले बैशाख २१ गते अर्थात मे ३ तारिखसम्म थप गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए ।

मोदीले देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा बुधवार विस्तृत निर्देशिका जारी गर्ने पनि बताए । भारतले मार्च २४ देखि लकडाउन गरेको हो । बुधवारसम्म भारतमा १०,४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३५८ जनाको मृत्यु भइरसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री