mainnews

रौतहटका १९ वर्षीय युवामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं । रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो ।

यी दुई केश थपिएसँगै संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका, वडा न. २, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएकोे थियो ।

यो सँगै नेपालमा कोरोना सक्रमितको संख्या १४ पुगेको छ । जस मध्ये शुरुमै चीनबाट आएका युवा कोरोना निको भइसकेका छन् ।  सरकारले अहिलेसम्म ५२९१ को कोरोना परीक्षण गरिसकेको छ । गएको २४ घण्टामा ५१९ वटा परीक्षण गरेको छ । मन्त्रालयले र्यापिट र पिसिआरबाट कोरोना परीक्षण गर्ने गरेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २५ जना रेड जोनमा थपिएका छन् । कोरोनाको परीक्षण र उपचारमा केही द्विविधा आएकोले कुन अस्पतालले कसरी काम गर्ने भनेर निर्देशिका समेत तयार पारेको प्रवक्ता देवकोटाले जानकारी गराएका छन् । मन्त्रालयले कोरोना पोजटिभ देखिएकासँग सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ शुरु भइसकेको जनाइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after