कोरोनाले विश्वभर एकलाख १४ हजारको मृत्यु, साढे १८ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट १ लाख १४ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख १४ हजार २ सयको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १८ लाख ५२ हजारभन्दा बढी पुग्दा ४ लाख २३ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा अघिल्लो दिनको तुलनामा संक्रमित र मृत्यु हुनेको संख्या केहि घटेको छ । आइतबार त्यहाँ १४ सय ८१ जनाको मृत्यु भएको छ । यसअघि शनिबार २४ घण्टामा १ हजार ८ सय ७२ बढीको मृत्यु भएको थियो । अहिलेसम्म अमेरिकाका ५० वटै राज्यमा गरि २२ हजार ३६ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा १ लाख ५६ हजार ३६३ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ८९९ जनाको मृत्यु भएको छ । यसैबीच ३४ हजार २११ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ६६ हजार ८३१ कुल सङ्क्रमित भएका छन् भने १७ हजार २०९ जनाको मृत्यु भएको छ । यसैबीच ६२ हजार ३९१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ३२ हजार ५९१ कुल सङ्क्रमित भएका छन् भने १४ हजार ३९३ जनाको मृत्यु भएको छ । यसैबीच २७ हजार १८६ जना निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ८४ हजार २७९ कुल सङ्क्रमित भएका छन् भने १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

इरानमा ७१ हजार ६८६ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ४७४ जनाको मृत्यु भएको छ । यसैबीच ४३ हजार ८९४ निको भएर फर्किएका छन् । बेल्जियममा २९ हजार ६४७ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ६ सय जनाको मृत्यु भएको छ । यसैबीच ६ हजार ४६३ निको भएर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री