अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, भारतमा ९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ ।

त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ । अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हवार आठ सय पुगेको छ । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३९ हजार ८ सय ७९ छ ।

यो सँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार पुगेको छ । वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ। त्यस्तै, ४ लाख २ हजार ६ सय ५९ जना उपचारपछि निको भएका छन् । पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ । भारतमा संक्रमितको संख्या आठ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट शनिबार एकैदिन १८ सय बढीको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका हुन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ३८१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार २५७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २९ हजार ८१८ जना उपचारपछि निको भएका छन् । ११ हजार ३२० जनाको अवस्था गम्भीर रहेको । ४ लाख ८० हजार ८८४ जना उपचाररत छन् ।

अमेरिकापछि बढी प्रभावित बनेको इटालीमा १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित भएका छन् भने १९ हजार ४६८ जनाको मृत्यु भएको छ । यसैबीच ३२ हजार ५३४ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख ६३ हजार २७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ६०६ जनाको मृत्यु भएको छ । यसैबीच ५९ हजार १०९ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख २९ हजार ६५४ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ८३२ को मृत्यु भएको छ । यसैबीच २६ हजार ३९१ जना निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म ७८ हजार ९९१ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ८७५ जनाको मृत्यु भएको छ । इरानमा ७० हजार २९ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ३५७ जनाको मृत्यु भएको छ । यसैबीच ४१ हजार ९४७ निको भएर फर्किएका छन् ।

बेल्जियममा २८ हजार १८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३४६ जनाको मृत्यु भएको छ । यसैबीच ५ हजार ९८६ निको भएर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds