लकडाउनमा मर्निङवाक गर्ने एक सय भन्दाबढी पक्राउ

धरान । लकडाउन उल्लंघन गर्दै मर्निङवाक गर्ने एक सय भन्दाबढीलाई प्रहरीले पक्राउ गरेको छ । धरानमा मर्निङवाक गर्नेलाई पनि पक्राउ गर्न थालेको प्रहरीले आज बिहान एक सय भन्दाबढीलाई पक्राउ गरेको हो ।

सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धरानसहित देशभरका नागरिकलाई घरबाहिर ननिस्कन भनेको छ । तर धरानमा मर्निङवाकको वहानामा बिहानै सडक, बजार क्षेत्रमा निस्कने क्रम नरोकिएपछि प्रहरीले कडा कदम चालेको हो ।

प्रहरीले बिहान ४ बजेबाट नै मर्निङवाकमा निस्केकाहरुलाई धरानको विभिन्न स्थानबाट पक्राउ गरी धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा राखेको थियो । उनीहरुलाई दुई घण्टापछि सम्झाएर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कोभिड-१९ बारे जानकारीमुलक कक्षा दिइएपछि छोडिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री