आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी दुई दिनको पूर्वानुमान

चैत्र  २९ गते (शनिबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आँशिक  बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी  भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू(भागमा आँशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री