काठमाडौं । कोरोनाको लागी सबैभन्दा जोगिम मानिएको सुदूरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ ।
अछाममा औषधि तथा खाद्य समाग्रीकै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्व अन्तरगत अछाम जिल्लमा औषधि तथा राहात समाग्री वितरण गरेको प्रभु बैंक अछामममा कार्यरत कर्मचारी गणेश भण्डारीले बताएका छन ।
अछामबाट ठुलो संख्यामा रोजगारीका लागी भारत गएकाहरु फक्रिएपछि त्यहाँ संक्रमण बढ्नसक्ने अनुमान गरिएपनि अहिले सम्म प्रयाप्त औषधी, चिकित्सकका साथै आवश्यक खाद्य सामाग्री समेत पुगेको छैन । यहि सन्दर्भमा बैंकले आफनो संस्थागत नीति अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको छ ।
सुदुरपश्चिम क्षेत्र तथा विशेष गरी अछामा दुईदिन अघि मात्रै नेपाली सेनाले संक्रमणको आशंकामा तिन सय भन्दा बढी मानिसको नमुना संकलन गरेको थियो । प्रभु बैंक अछामको दुरगम कमलबाजारमा बैंकिङ सेवा दिने एक मात्र बैंक हो ।




