काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ८९ हजार ४ सय १६ पुगेको छ भने १५ लाख २९ हजार ४ सय १ जना हाल सङ्क्रमित रहेका छन् ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश इटली, स्पेन ,अमेरिका र फ्रान्स छ।
इटालीमा हालसम्म १७ हजार ६ सय ६९ जनाको, स्पेनमा १५ हजार २ सय ३८ जनाको ,अमेरिकामा
१४ हजार ७ सय ९७ जनाको र फ्रान्समा १० हजार ८ सय ६९ जनाको मृत्यु भएको छ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ५ हजार ९ सय १६ जना कोरोना सङ्क्रमित छन् भने १७ ८जनाको मृत्यु भएको छ।
नेपाल हालसम्म ९ जना कोरोना सङ्क्रमित फेला परेकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने ८ उपचारत छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
प्रतिकृया दिनुहॊस