नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर अधिकारीले सपथ लिए

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।  अधिकारीले मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणामार्फत पद तथा गोपनियताको सपथ लिएका हुन् । सरकारले महाप्रसाद अधिकारीलाई सोमबार  १७ औँ  गभर्नरमा नियुक्त गरेको  थियो ।

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए ।  भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए । हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए ।

डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री