काँग्रेस नेता शेखर भन्छन्, ‘यो मध्यावधि निर्वाचन माग्ने समय होइन’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले यतिवेला पार्टी राजनिति भन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताउँदै अहिले मध्यावधि निर्वाचन माग गर्नु ठिक नभएको बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आज लेख्दै यतिबेला देश कोरोना भाइरसका कारण आक्रान्त र असुरक्षित भएको बेला राष्ट्रिय संकट समाधान गर्न सरकारका राम्रा कामलाई सहयोग, नराम्रा कामलाई आलोचना र जनतालाई सुसुचित गर्ने प्रतिपक्षको काम भएको बताएका छन् ।

यसअघि शनिबार काँग्रेस सह-महामन्त्री प्रकाशशरण महतले सरकार असफल भएको भन्दै मध्यावधिमा जानुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस