कोरोना त्रास : गाउँपालिकामा प्रवेश निषेध

काठमाडौं । कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड-१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो । गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई कोरोनाविरुद्ध परिचालित स्वयंसेवक खटाइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार नाकामा चौबीसै घण्टा स्वयंसेवक एवं सुरक्षकर्मी रहनेछन् । पालिका प्रवेशको मुख्य नाका खोलाको छेउ, पुलचोक, तालवेँसी, पोल्याङ, देउराली फेदी, रामदी, ताकाङजा, पिप्ले र काउरे नाकामा बुधबार साँझदेखि सूचना टाँसेर आवतजावत बन्द गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिका प्रवेशमा रोक लगाइएको बताउँदै उनले यसबाट गाउँवासीलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार बाहिरबाट गाउँपालिकाभित्र आवतजावत गर्दा कोरोना भाइरस भित्रने जोखिम बढेका कारण पालिकाको १८ गते मङ्गलबार बसेको विशेष बैठकले प्रवेश निषेध गर्ने निर्णय हो । यदि कोही गाउँ प्रवेश गर्दछ भने स्वास्थ्यकर्मीको निगरानीमा १४ दिन क्वारेनटाइनमा अनिवार्य बस्नै पर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अख्तियारद्वारा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद …

प्रतिकृया दिनुहॊस