मैत्रिपूर्ण क्रिकेटमा भारतिय संचारकर्मी द्धारा नेपाली संचारकर्मी पराजित

रौतहट । भारतिय महावाणिज्य दुतावास विरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरु बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ ।

टाँस जिती पहिले वल्लोबाजी गरेको नेपाली संचारकर्मीहरुको टिम १९.३ ओभर खेल्दै १ सय ३१ रन बनाएको थियो । नेपाली पत्रकारका तर्फबाट प्रभावकारी दैनिकका रबिन बस्नेतले ४४ रन बनाए भने बजरंगी गुप्ताले २७ रनको योग्दान दिए ।

यि दुई बल्लेबाज बाहेक अरु बल्लेवाज भने खासं राम्रो प्रर्दशन गर्न सकेन्न । त्यस्तै १ सय ३२ रनको लक्ष्य सहित मैदानमा ओर्लेको भारतिय संचारकर्मीका टिम १८.४ ओभरको खेल खेल्दै ६ विकेटले प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल बनेको छ । भारतिय बल्लेवाजलाई निशाना बनाउन नेपाली संचारकर्मीका बलरहरुले लगातार प्रयास गरेपनि खासै सफलता पाउन सकेन्न ।

नेपाली संचारकर्मीका तर्फबाट हिमालय टेलिभिजनका रौतहट संम्वाददाता प्रविण टिबडेवालले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिई उत्कृष्ट गेंदवाजीको प्रर्दशन गरेका थिए भने बाकीका बलरहरुको निराशा जनक प्रर्दशन रहेको थियो ।

प्रतियोगितामा सहभागी दुबै टिमका खेलाडिहरुलाई प्रमुख अतिथी भारतिय महावाणिज्य दुतावास विरगंजका प्रमुख बि.सी प्रधान र विशिष्ट अतिथी गौर नगरपालिकाका मेयर अजय गुप्ताले संयुक्त रुपमा पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । यस किसिमको कार्यक्रमबाट भारत नेपाल बिचको सम्बन्ध अझै प्रगाढ हुदै जाने प्रमुख अतिथी प्रधानको भनाई रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस