भाटभटेनी बन्द भएपछि सर्वसाधारणलाई सास्ती, (भिडियोसहित)

काठमाडौ । कोरोना भाईरसका कारण विश्व नै आक्रान्त बनेको छ । आफ्ना नागरिकको सुरक्षाका लागि भन्दै नेपाल सरकारले आँउदो चैत्र २५ गतेसम्मका लागि लकडाउन गरेको छ । अहिले राजधानी लगायत देशैभर आवागमन लगायत चहलपहल शुन्य छ । मानिसहरु घरबाहिर निस्कन पाएका छैनन् । अत्यावश्यक सेवा बाहेकमा कोरोना नफैलियोस् भनेर सरकारले गरेको लकडाउनको खुलेर प्रशंसा भईरहेको छ । यो वास्तवमा सरकारको लागि भन्दा पनि स्वयं नागरिकको सुरक्षाको लागि अतिनै आवश्यक छ ।

यहिविच आज हामीले राजधानीको नक्सालस्थित भाटभटेनी स्टोरमा एउटा दृष्य देख्यौं । उक्त स्टोरको अगाडि भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ स्वयं उपस्थित थिए । उनीसँगै भाटभटेनीमा कार्यरत लगभग २ दर्जन कर्मचारी पनि थिए । यसैक्रममा न्यूजदैनिकका प्रतिनीधिले के भएको हो ? भनेर जान्ने प्रयास गर्यौं ।

भाटभटेनीले सरकारले लकडाउन गरेलगत्तै होमडेलीभरी सेवा प्रदान गर्दै आएकोमा आज पनि ग्राहकको अर्डर डेलीभरीको लागि गएको भ्यान प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको रहेछ । सँगै रहेका स्टोर सञ्चालकसँग हामीले जिज्ञासा राख्दा उनले भने, ”सरकारले अत्यावश्यक सेवामा पर्ने खाद्यान्न लगायतका स्टोरहरुले सेवा प्रदान गर्नुभने अनुसारनै हामीले स्टॊर सञ्चालन गरेका हौं ।  ग्राहकले अत्यावश्यक सेवाबाट बञ्चित हुन नपरोस् भनेर हाम्रा कर्मचारीहरु यस्तो महासंकटका बेला पनि खटिएका छन् । तर एकाएक ग्राहकको अर्डरको अत्यावश्यक सामान बोकेर होम डेलिभरीका लागि जाँदै गरेको भ्यानलाई प्रहरीले रोकेको छ । यस्तो परिस्थितिमा ग्राहकलाई हामीले सेवा दिनसक्ने अवस्था रहदैन ।”

कोरोनाको महामारी चलिरहेको बेलामा सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण भ्यान रोकिएको त होईन ? भन्ने हाम्रो प्रश्नमा गुरुङ भन्छन्, ”हामीले हरेक दिन होम डेलीभरी गरिरहेका छौं । सुरक्षाप्रति हामीपनि जिम्मेवार छौं । कोरोनाको डर हामीलाइ पनि छ । तर हामीले आफ्नो दायित्व पूरा गरेका हौं । के हामीलाई हाम्रो जीवनसँग मतलव छैन ? यहि अवस्था रहे अब भाटभटेनी बन्द गर्न हामी बाध्य हुनेछौं ।”

भाटभटेनीले सेवा बन्द गरेपछि धेरै ग्राहकहरुलाई तनाव भएको छ । यसैवीच आफ्नी २ वर्षकी छोरीको लागि दुधको जोहो गर्न भाटभटेनी स्टोर नक्साल पुगेकी एकजना महिलासँग हामीले कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियो ।

https://youtu.be/3V-2U5z2jaE

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री