स्ट्यान्डर्ड चार्टर्ड बैंकले काेराेना राेकथामका लागि एक अर्ब डलर सहयाेग गर्ने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)कोविरुद्ध लड्नको लागि एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ ।

काेराेना भाइरसको सामना गर्नको लागिआवश्यक पर्ने मेडिकलजन्य सामग्रीको उत्पादन र वितरण गर्ने जुनसुकै उद्योग र स्वास्थ्य सेवा प्रदायक कम्पनीहरुले यसमा काम गर्न सक्ने जनाइएको छ । त्यसका लागि मास्क, भेन्टिलेटर, स्यानिटाइजर, सुरक्षात्मक उपकरणहरु र उपभोग्य सामानहरु आवश्यक पर्ने बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत सिमन कपुरले कोरोना भाइरसको जोखिम न्युनिकरण तथा रोकथामका लागि आवश्यक पर्ने सामग्री उत्पादन र वितरण गर्ने संस्थाहरुलाई आफूहरुले सहयोग गर्ने बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप