कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२ हजार १ सय ४६ पुग्यो

काठमाडौं ।  महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ४२ हजार १ सय ४६ पुगेको छ भने ८ लाख ५८ हजार ३ सय ७७ जना हाल सङ्क्रमित रहेका छन् ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन र अमेरिका छ।

इटालीमा हाल सम्म १२ हजार ४ सय २८  जनाको, स्पेनमा ८ हजार ४ सय ६४जनाको ,अमेरिकामा ३ हजार ८ सय ८९ जनाको र फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ५ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएकामा ४ जनाको उपचार भईरहेको छ भने १ जना निको भएर घर गएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस