सरस फुड इन्डस्ट्रीमा आगलागी, दुई करोड बढीको क्षती

चितवन । चितवनको भरतपुर महानगरपालिका ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आज बिहान आगलागी भएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान करिब सवा ५ बजे सुरु भएको आगलागीबाट २ करोड ५० लाख बराबरको क्षती भएको संचालकले बताएका छन् । आगलागीबाट उद्योग पूर्ण रुपमा नस्ट भएको छ ।

भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो निभाएका थिए । उद्योग पुर्ण रुपमा जलेर नस्ट हुंदा त्यहाँ कार्यरत १८ जना मजदुरको रोजिरोटी समेत खोसिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री