सात क्षेत्रमा खानी उत्खननका लागि अध्ययन गर्ने

काठमाडौं । रासस खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ ।उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पाचौ रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्ने  भएको छ ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताए ।

“अध्ययनपछि धातु र अधातु के –  के छ भनेर अध्ययन गछौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ”–  उनले भने  ।

विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री