कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारियाको निधन

काठमाडौं । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ ।

डेलीमेलले जनाएअनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन् ।

कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ । स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा दिउँसो …

प्रतिकृया दिनुहॊस