श्वास प्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

बिहीबार राति प्रधानमन्त्रीको मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले जानकारी दिइन् । डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य