कोरोना संक्रमण भएपछि नर्सले गरिन् आत्महत्या

काठमाडौं । इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएकी एक नर्सले आत्महत्या गरेकी छन् । आफूलाई कोरोना संक्रमण भएपछि ३४ वर्षीय डेनिला ट्रेज्जी नाम गरेकी ती नर्सले आत्महत्या गरेकी हुन् ।

उनी कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन् । उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लीन थिइन् । बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन् ।

उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन् । यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ करोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ ।

‘अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन’, आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्, ‘त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’ -एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री