कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १९ हजार ६ सय ३

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १९ हजार ६ सय ३ जनाको मृत्यु भएको छ ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, चीन र  स्पेन छ । ४ लाख ३४ हजार ६ सय ५ जना हाल सङ्क्रमित रहेका छन् ।

हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् ।

त्यसै गरि छिमेकी मुलुक भारतमा ५३६  जना   सङ्क्रमित  भएका छन् भने  १० जना   मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

यॊ पनि हेर्नुहॊस

कोरोनाका ३ जना नयाँ संक्रमित फेला, पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा सरेको पुष्टि

काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । स्वास्थ्य …

प्रतिकृया दिनुहॊस