गौरीफन्टामा अलपत्र परेका ९सय१४ जनालाई उद्धार

काठमाडौं ।  भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई कैलाली प्रवेश गर्न दिइएको छ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल लकडाउन  गरिएको कारण सोमबारदेखि  सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति  कैलाली प्रवेश गर्न दिइएको हो ।

घरमै क्वारेन्टाइनमा बस्ने सर्तसहित उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री