६ जना इलाम सिङ्गफ्रिङ्ग अस्पतालको क्वारेन्टाइनमा

इलाम । झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामका ६  जनालाई  डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा कोरोना  भाइरसको आशंकामा  क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु  इलाम नगरपालिका, माइजोगामाई गाउँपालिका लगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ ।

हाल नेपालमा पनि २ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएको छ  भने १ जना निको भएर घर गएका छन् भने १ जना टेकु अस्पताल उपचाररत छन् ।

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री