आजबाट बिमा कम्पनीका सबै कार्यालय बन्द

काठमाठौं । सरकारले मंगलबारबाट सम्पूर्ण देशलाई लकडाउन गरेसँगै अत्यावश्यक सेवाको सूचीमा रहे पनि बिमा कम्पनीका सम्पूर्ण शाखा कार्यालय बन्द भएका छन् । मंगलबार घोडेजात्रा परेकाले उपत्यकामा सार्वजनिक बिदा रहेको छ भने उपत्यका बाहिरको शाखा कार्यलय पनि बन्द रहेको बिमा कम्पनीहरूले जनाएका छन् ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले लकडाउन भनिसकेपछि सम्पूर्ण बन्द गर्नु भनेको जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

यता नवीकरण बिमा प्रिमियम भने विद्युतीय माध्यमबाट बैंक खातामा जम्मा गर्न सकिने बिमा कम्पनीहरूले जनाएका छन् । यता निर्जीवन बिमा कम्पनीहरूले पनि सम्पूर्ण कार्यालय बन्द गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस