नेपालगञ्जमा ट्रकको ठक्करबाट तीन घाईते

बाँके । नेपालगञ्जमा ट्रकको ठक्करबाट तीन जना घाईते भएका छन । बुधवार बेलुका गणेशमान चोक नजिकै मालबहाक ट्रकले एकै पटक ३ वटा अटो रिक्सा, २ वटा बाईक र एउटा स्कुटीलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

नेपालगञ्जबाट कोहलपुतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा खजुरा २ का ६४ वर्षीय मोटरसाईकल चालक लालबहादुर थापा गम्भीर घाईते भएका छन् । त्यस्तै नेपालगञ्ज १३ का अटो चालक सुरज सोनी र स्कुटीमा सवार खजुरा १ का १९ वर्षीय धिरज थापा घाईते भएका छन् ।

ना ७ ख १३९३ नम्बरको ट्रकले भे १ ह ३०७३, भे १ स ३४५६ र भे १ स १२११ नम्बरका ३ वटा अटोलाई ठक्कर दिएको हो । ट्रकले भे ४ प ७४१२, भे ५ प ९१४७ नम्बरको मोटरसाईकल र भे ६ प ४१०९ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिए । घाईतेहरुको नेपालगञ्ज मेडिकलमा उपचार भईरहेको र ट्रक तथा चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस