काठमाडौं । संघीय संसदका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य काँग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका छन् । ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा सपथ लिए ।
ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । उनी हाल ७१ र भट्ट ६९ वर्षका भए ।
नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।
तपाईंको प्रतिकृया




