एसईई परिक्षा स्थगित : सुदूरपश्चिमका ५५ हजार विद्यार्थी प्रभावित

डडेल्धुरा । कोरोना भाईरसका कारण एसईई परिक्षा स्थगित भएपछि सुदूरपश्चिमका ५५ हजार विद्यार्थी प्रभावित भएका छन् । आज सुरु हुने भनिएको एसईई परीक्षा हिजो स्थगित भएपछि सुदूरपश्चिम प्रदेशका ५४ हजार पाँच सय ३७ जना विद्यार्थी निराश भएका हुन ।

सम्पूर्ण तयारी पूरा भएपछि अन्तिम समयमा आएर परीक्षा स्थगित हुँदा परीक्षा केन्द्र नजिक डेरा लिएर बसेका विद्यार्थी समस्यामा परेका हुन् ।विद्यार्थीहरु टाढा टाढाबाट  परिक्षा दिनका लागि हिजो नै परीक्षा सेन्टर नजिक पुगेर डेरा लिएर बसेका थिए ।

सरकारले अलि छिट्टै निर्णय गरेर परीक्षा स्थगित नगर्दा आफूहरुले अनाहकमा दुख पाएको विद्यार्थीहरुले गुनासो गरेका छन् । राति अबेर स्थगित भएको परीक्षाबारे जानकारी नहुँदा कति त परीक्षा सेन्टरमा नै पुगेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य