फाइल फोटो

एसईई परिक्षा स्थगित : सुदूरपश्चिमका ५५ हजार विद्यार्थी प्रभावित

डडेल्धुरा । कोरोना भाईरसका कारण एसईई परिक्षा स्थगित भएपछि सुदूरपश्चिमका ५५ हजार विद्यार्थी प्रभावित भएका छन् । आज सुरु हुने भनिएको एसईई परीक्षा हिजो स्थगित भएपछि सुदूरपश्चिम प्रदेशका ५४ हजार पाँच सय ३७ जना विद्यार्थी निराश भएका हुन ।

सम्पूर्ण तयारी पूरा भएपछि अन्तिम समयमा आएर परीक्षा स्थगित हुँदा परीक्षा केन्द्र नजिक डेरा लिएर बसेका विद्यार्थी समस्यामा परेका हुन् ।विद्यार्थीहरु टाढा टाढाबाट  परिक्षा दिनका लागि हिजो नै परीक्षा सेन्टर नजिक पुगेर डेरा लिएर बसेका थिए ।

सरकारले अलि छिट्टै निर्णय गरेर परीक्षा स्थगित नगर्दा आफूहरुले अनाहकमा दुख पाएको विद्यार्थीहरुले गुनासो गरेका छन् । राति अबेर स्थगित भएको परीक्षाबारे जानकारी नहुँदा कति त परीक्षा सेन्टरमा नै पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस