बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्नका लागि सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तयारी गरिरहेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि लगानी बोर्डको कार्यालय क्रियाशील रहेको बताउँदै सो चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल, आरएफपी) माग्नका लागि तयारी सुरु भइसकेको जानकारी दिए । बाहिरी चक्रपथ निर्माण गर्न चीनका चारवटा कम्पनीले आशयपत्र दिएकोमा लगानी बोर्डले तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सङ्क्षिप्त सूचीमा सूचीकृत भएको हो ।

प्रस्ताव आह्वानको कागजपत्र तयार गरी ६० दिनभित्र हामीले आह्वान गर्छौं र आह्वान गरिएको ४५ दिनभित्र चिनियाँ कम्पनीले प्रस्ताव बुझाइसक्नुपर्ने उनले बताए । अबको दुई हप्ताभित्र उक्त आयोजनासम्बन्धी विवरणहरू सङ्कलन गरी प्रतिवेदन तयार गरिने जानकारी उनले दिए। प्रतिवेदन तयार भइसकेपछि प्राधिकरण र लगानी बोर्डको संयुक्त बैठकले निर्माण कम्पनीसँग प्रस्ताव मागसम्बन्धी निर्णय गर्ने जानकारी समेत उनले दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती …

प्रतिकृया दिनुहॊस