कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० मा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।दुर्घटनामा अर्का एक घाइते छन्।
भीमदत्त नगरपालिका-१० भुजेला घर भएका सशस्त्र प्रहरीका हबल्दार खगेन्द्र जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।
आइतवार राति भुजेला पुल नजिक म १ त १११० नम्बरको ट्याक्टर र म २ प १११२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-१० भुजेलाकै २८ वर्षीय हरी जोशी घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते दुबैलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारतीय सहर खटिमा रेफर गरिएको थियो। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया



