आजदेखि नेपाल–भारतका चार नाका मात्रै खुल्ने

काठमाडौं । आजदेखि नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गरिएको छ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्न गरिएको निर्णय आजदेखि लागु गरेको छ।

आजदेखि भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको हो।

समान ढुवानी भने सबै नाकाबाट यसअघिको ब्यवस्था अनुसार सबै नाकाबाट हुने बताइएको छ। भारतको निर्णयले  रोजगारीका लागि भारत र नेपालबाट आउजाउ गर्नेहरु प्रभावित हुनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री