शुक्रबार सबै विदेशी मुद्राको भाउ बढ्याे

काठमाण्डौ । शुक्रबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको थियो । यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०६ रुपैयाँ ५४  पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको थियो। मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा नै रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ३८३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५० पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३११ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१३ रुपैयाँ १८ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस