ललितपुर महानगर ह्याण्ड स्यानिटाइजर उत्पादन गर्दै

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा  प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञहरुसँग समन्वय गरी स्थानीय स्तरमा ह्याण्ड स्यानिटाइजर (ज्बलम क्बलष्तष्शभच) उत्पादन गर्ने भएको छ । महानगरपालिकाद्वारा जारीे विज्ञप्तिमा  उक्त कुरा उल्लेख गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड –१९) को उच्च जोखिममा रहेका देशहरुको सूची राखेपछि ह्याण्ड स्यानिटाइजरको माग बढेको छ । माग बढेसँगै उपभोक्ताले स्यानिटाइजरको  अभाव महसुस गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार  महानगरले मास्क सिलाउन समेत सुरु गरेको छ ।

मास्कको प्रयोगले मौसमी रुघाखोकी लागेका व्यक्ति आफू पनि सुरक्षित हुन्छन् । रुखाखोकी व्यक्तिबाट भाइरस अन्य व्यक्ति फैलनबाट रोक्न मास्कले केही सहयोग गर्छ । सिलाइ तालिम लिएका महानगरका वडाका महिलाले मास्क सिलाउन थालेका हुन् ।

यसैगरी महानगरले कोरोनाबारे जनचेतना जगाउन चेतनामूलक सन्देश लेखिएको सन्देश सामग्री वितरण गर्ने विज्ञप्तिमा जनाएको छ ।महानगरले ठूला सभा ,सम्मेलन, भोजभत्तेरको आयोजना नगर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस