काठमाडौं । सरकारले कोरोना भाइरसले मुलुकको अर्थतन्त्रमा पार्ने असरका बारेमा अध्ययन शुरू गरेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयले एउटै टोलीले बनाएर यसको आर्थिक असरका बारेमा अध्ययन गर्न थालेको छ ।
अर्थका अधिकारीहरूका अनुसार आगामी आर्थिक वर्षको बजेटको तयारीमा मन्त्रालय जुटिसकेकाले आवश्यक परेमा सोही बजेटबाटै सम्बोधन गर्न सकिने बताउँछन् । ‘कुनकुन क्षेत्रमा कोरोनाले असर गरिरहेको छ भन्ने बारेमा रिपोर्टिङ भइरहेको छ । कर छूट दिने वा सहुलियत दिने बारे आगामी बजेटबाटै पनि सम्बोधन गर्न सकिन्छ,’ मन्त्रालयका अर्का उच्च अधिकारीले बताए ।
तपाईंको प्रतिकृया




