म्यान्चेस्टर युनाइटेडकाे जितसँगै एफए कपकाे क्वार्टर फाइनल समीकरण पूरा

काठमाण्डाै । इङ्ग्लिस एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा डर्बी काउण्टी क्लबलाई तीन–शून्यले हराउँदै युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडलाई जिताउन  ओडिओन इगालोले दुई तथा ल्युक शले एक गोल गरे ।

युनाइटेडले क्वार्टर फाइनलमा नर्विच सिटीसँग खेल्नेछ । पेनाल्टीमा टोटनह्यामलाई हराउँदै नर्विच २८ वर्षपछि एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै अन्य क्वार्टर फाइनल खेलमा आर्सनल र शेफिल्ड युनाइटेड, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र  न्युक्यालस प्रतिस्पर्धा गर्दैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री