रुखबाट लडेर एक जनाकाे मृत्यु 

दैलेख । दैलेखमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ ।

भैरवी गाउँपालिका ४ को डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको रुखबाट लडेर मृत्यु भएको भैरवी गाउँपालिका ४ का वडाध्यक्ष बीरेन्द्र शाहीले जानकारी दिए।

घर नजिकैको स्याउले हाडा जङ्गलमा घाँस काट्दै गरेको सालको रुखबाट खसेर शनिबार साँझ उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री