लियोनसंग युभेन्ट्स स्तब्ध

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लियोनले युभेन्ट्सलाई हराएको छ । घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो ।

खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए । फ्रेन्च क्लबबिरुद्ध निकै आत्मविश्वासी देखिएको युभेन्ट्सले पहिलो लेगमा गोल गर्न असफल रह्यो ।

पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन । गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए ।

तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए । दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री