नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो ।

बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्वबद्धता जनाएका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । साथै, यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले उल्लेख गरे ।

नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले जानकारी दिएका छन् । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयास भएको छ ।

स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित भएको र सधै यस्ता कार्यक्रममा यस र्बैकलाई सदैव स्वागत गर्ने नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस