रसुवा । नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो।
चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने आशंकामा नाकामा सवारी तथा मानिसको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। हेल्थ–डेक्समा आइतबार विशेषज्ञसहितको स्वास्थ्य टोली पठाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।
टोली गएर डेक्सबाट सेवा दिन थालेपछि मात्र नाका सञ्चालन हुनेछ। आइतबार टोली आइपुगेको खण्डमा एक साताभित्र नाका सञ्चालनमा गर्ने तयारी छ। चिनियाँ टोलीले केही दिनअघि नाका सञ्चालनमा ल्याउने विषयमा नेपाली पक्षसँग कुराकानी गरेको थियो।
नाका सञ्चालनमा आए पनि तत्काल कारोबार भने सुरु भइनहाल्ने रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले बताए।
तपाईंको प्रतिकृया



