आइसीएफसी फाइनान्सको २० करोडको ऋणपत्र फागुन १३ गतेबाट खुल्ने

काठमाडौं । आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र फागुन १३ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २० हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।
लगानीकर्ताले न्यूनतम २५ इकाई र अधिकतम ७६ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटल जमल काठमाडौं, आइसीएफसी फाइनान्सको केन्द्रीय र शाखा कार्यालयहरु तथा आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
यसमा वार्षिक १२% ब्याजदर पाइनेछ । कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी केयर नेपालले यस ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी) प्रदान गरेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री