तन्नामा बेरिएर बालिकाको मृत्यु

भोजपुर । भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको ज्यान गएको छ।  विहीबार  टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र  परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस