सुनकाे भाउ : माघ महिनामा एक हजार रुपैयाँले बढ्याे

काठमाण्डाै । सुनको भाउ बिहीबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ बिहीबार तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ ताेकिएकाे थियो ।

यस्तै चाँदीको भाउ बिहीबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेकाे छ । माघ महिनामा सुनको भाउ समग्रमा तोलामा एक हजार रुपैयाँले बढेको छ । गएकाे माघ १ गते तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ महिनाकाे अन्तिम दिन बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री